भियतनामी ट्राभल एजेन्सीद्वारा विद्यार्थीलाई साईकल वितरण
मंसिर ६, २०८१ | लुम्बिनी
बुद्ध जन्मस्थल लुम्बिनीस्थित अखण्ड शान्ति द्विपका विद्यार्थीलाई साईकल वितरण गरिएको छ । गरिब, विपन्न र जेहेन्दार ८ बालक र १२ बालिकालाई भियतनामको ट्राभल एजेन्सी टूक लामफट थेनले साईकल वितरण गरेको हो ।
लुम्बिनी आसपासका ५ आधारभूत विद्यालयका २० जनालाई साईकल वितरण गरिएको हो । पठनपाठनलाई सहज बनाई विद्यालय आउजाउमा सहयोग पुर्याउन कक्षा ७ देखि कक्षा ११ पढने बालबालिकालाई साईकल वितरण गरिएको हो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले बुद्धको करुणा मैंत्री र सद्भावको भावनाले उत्प्रेरित भई भियतनामबाट लुम्बिनी आएर नेपाली बालबालिकालाई सहयोग गरेकामा धन्यबाद दिनुभएको थियो ।