उर्जा खपतको चिन्ता लिन पर्दैनः प्रधानमन्त्री ओली

माघ ४, २०८१ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिन नपर्ने बताउनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादक संघको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपतका ठाउँ आफैं बनाउने भएकाले बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताउनुभएको हो । 

त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको स्पष्ट गर्दै आगामी १५ दिनपछि हुने संसद्को अधिवेशनमा पेश गरी दुई महिनाभित्र पारित गर्ने बताउनुभयो ।  


प्रतिक्रिया