सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग छिचोलियो

माघ ११, २०८१ | काठमाडौं

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग छिचोलिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरेपछि सुरुङमार्गको ब्रेक थ्रु भएको घोषणा गरिएको हो । स्वास्थ्य अवस्थाका कारण काठमाडौं बाहिर जान नसकेपछि प्रधानमन्त्री ओलीले भर्चुअल रूपमा सुरुङ मार्ग छिचोलिएको घोषणा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

आयोजना कार्यालयका अनुसार सिद्धबाबा सुरुङ्मार्गको भौतिक प्रगति ४० दशमलव १८ प्रतिशत र वित्तीय प्रगति ३९ दशमलव ९० प्रतिशत पुगेको छ । आयोजनाअन्तर्गत दुई लेनको मुख्य सुरुङमार्ग १ हजार ८९ मिटर लम्बाइको निर्माण गरिएको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो ।  


प्रतिक्रिया