केबलकार निर्माणको विषयमा पाथीभरा क्षेत्रमा विवाद, ४ जना घाइते
माघ १२, २०८१ | ताप्लेजुङ
केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा विवाद भएको छ । केबरलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन् ।
झडपमा सशस्त्र प्रहरीका तीनजना घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । त्यस्तै, प्रदर्शनकारीतर्फ एकजनालाई प्रहरीको गोलि लागेको बताइएको छ । काफ्ले पार्टीभन्दा एक किलोमिटर माथी रहेको बलुडाँडामा दुई पक्षबीच झडप भएको हो । त्यस्तै प्रदर्शनमा उत्रिएकाले हतियार लुकाएर राखेको सूचना पाएपछि प्रहरी टोलि खोजतलासमा जाँदा प्रदर्शनमा उत्रिएकाबीच झडप भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मुक्कुमलुङ संघर्ष समिति, केवलकार खारेजी संघर्ष समिति लगायतले पाथीभरामा बन्ने केवलकारको विरोध गरिरहेका छन् भने पाथीभरा माता केवलकार कम्पनिले निर्माणकालागि काम गरिरहेको छ । गत मंगलवार जमीन सम्याउन थालेको सूचना प्रबाह भएपछि केबलकार निर्माणको विरोधमा उत्रिएका हुन् ।
केवलकार निर्माणको जिम्मा पाएको हिमालयन कन्ट्रकसनका इन्द्र केदेमले १५ महिना भित्र सक्नेगरी काम सुरु गरेको जनाएपछि निर्माणको काम रोकेर नफर्किए हड्ताल सहितको विरोध प्रदर्शनमा उत्रने चेतावनी प्रदर्शनरत समूहले बिज्ञप्ती मार्फत दिएका थिए ।