पाथीभरा केबलकार घटनामा आत्मरक्षाका लागि हवाई फायर भयोः प्रशासन
माघ १४, २०८१ | काठमाडौं
गत शनिवार ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपको बिषयमा सरोकारवालाले आपत्ति जनाएपछि जिल्ला सुरक्षा समितिले घटनाको बिषयमा प्रष्टिकरण दिएको छ ।
समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले विज्ञप्तिमार्फत् सुरक्षाकर्मीद्वारा आत्मरक्षाका लागि अन्तिम विकल्पको रुपमा हवाई फायर गरिएको दाबी गर्नुभएको छ । कानून बमोजिम राष्ट्रसेवक कर्मचारीबाट कार्य सम्पादन गर्ने क्रममा सिर्जित अवरोधप्रति जिल्ला सुरक्षा समितिले भत्र्सना समेत गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले शंकास्पद गतिविधि भएको आशंकामा सामान्य अनुगमन गर्दा विवाद भएको दाबी विज्ञप्तिमा गरिएको छ । आन्दोलनरत पक्षले भने अझैपनि आन्दोलन छोडेको छैन । पाथिभरामा केबलकार बनाउन नहुने माग गर्दै विभिन्न समूहले आन्दोलन गर्दै आएका छन् ।