५० हजार टन डिएपी मल भित्रिन थाल्यो

माघ १५, २०८१ | काठमाडौं

कृषि सामग्री कम्पनीको ५० हजार टन डिएपी मल भित्रिन थालेको छ ।

गहुँ बालीका लागि डिएपी मलको माग घटे पछि सो परिणाम बराबरको मल भित्रिन सुरु गरेको हो ।

कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार ग्लोबल टेण्डरबार भित्राउन लागेको मल करिब २५ सय टन गत साता वीरगञ्ज स्थीत सिर्सिया सुक्खा बन्दरगाह आईपुगेको हो । 

यो हप्ताको अहिले सम्म ३ वटा र्याकमा गरी ७५ सय टन डिएपी मल भित्रिएको छ । 

दुबै कन्साइन्मेन्ट अन्तर्गत २५÷२५ हजार टन मल मध्ये ९ हजार ५ सय÷९ हजार ५ सय टन , १९ हजार टन मल वीरगन्ज, १७ हजार टन भैरहवा र १५ हजार टन बिराटनगर प्रादेशिक कार्यालयले पाउनेछन् । 

कोलकाताबाट रक्सौल र वीरगन्जस्थित सिर्सिय सुक्खा बन्दरगाहमा वीरगन्ज र भैरहवाको मल आउने छ । 

बिराटनगरको मल ट्रकबाट ढुवानी गरी कोलकाताबाटसिधै बिराटनर लगिदैं छ ।

हाल गहुँ बालीका लागि डिएपि मलको माग घटेकाले दुबै कन्साइन्मेन्टको मल आउदो चैते तथा बर्षे धान बालीका लागि उपयोगी हुने पाण्डेको भनाई थियो ।

त्यस्तै कम्पनीको युरिया मल भित्रिने संकेत अझै देखिएको छैन । 


प्रतिक्रिया