कांग्रेस कञ्चनपुरका नगर सभापति मृत भेटिए
माघ १९, २०८१ | कञ्चनपुर
नेपाली कांगेस कञ्चनपुरका नगर सभापति मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनी शनिबार बिहान मृत भेटिएका हुन् ।
भीमदत्त नगरपालिकाको–१८ को वडा कार्यालयबाट सय मिटर पश्चिमतिर सडक पेटीमा कलौनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताउनुभयो ।
कलौनीको घर पनि सोही क्षेत्रमा हो । उहाँको घर घटनास्थलबाट ५ सय मिटरको दूरीमा रहेको छ ।