पाथीभरा केबलकार विवादः आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता निष्कर्षविहीन

माघ २७, २०८१ | ताप्लेजुङ

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका आन्दोलनरत पक्ष र सरकारबीच आज भएको वार्ता निष्कर्षविहीन बनेको छ ।

यसअघि भएका सहमति कार्यान्वयन गर्न नसकेको भन्दै मन्त्रीस्तरमा मात्र वार्ता गर्ने अडान आन्दोलनरत पक्षले राखेपपछि सहमति हुन नसकेको वार्ता टोलीका सदस्य खगेन्द्र माखिमले जानकारी दिनुभयो ।

पाथीभरामा केबलकार निर्माणको विरोधमा उत्रिएका आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले गृह मन्त्रालयका सह सचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

वार्ताका लागि सरकारले टोली गठन गरेपछि आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सहमति अनुसार कार्यान्वयन हुन नसकेको भन्दै आन्दोलनरत पक्षले अब मन्त्रीसँगको वार्ता भए मात्र वार्ता गर्ने बताएका हुन् । 


प्रतिक्रिया