भारतमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु

माघ २८, २०८१ | दार्चुला
भारतमा गाडीको ठक्करबाट एक जना नेपाली नागरिकको मृत्यु भएको छ । गाडीको ठक्करबाट मालिकार्जुन गाउँपालिकामा कार्यरत वडा नम्बर–५ डाँडाकोट निवासी जगदीश अवस्थीको मृत्यु भएको हो ।
अवस्थी गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाका अनुसार भारतको प्रयागराजमा लागेको कुम्भमेलामा सहभागी हुन जाँदै गरेका अवस्थीको लखनउमा गाडीले ठक्कर दिँदा मृत्यु भएको हो ।
गाडीबाट र्ओलने क्रममा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भइ अस्पताल लगेका अवस्थीलाई डाक्टरले मृत घोषणा गरेको उनको पारिवारिक स्रोतले बताएका छन् ।
गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख अवस्थीको मृत्यु भएपछि सोमबार शोक बिदा दिइएको छ । एक दिनलाई गाउँपालिकामा अत्यावशक सेवा बाहेक कार्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाको भनाई छ ।