प्रतिनिधिसभाको बैठक आज बस्दै
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2025/news/Parliament1-1738565732.jpg&w=700&height=600)
माघ २९, २०८१ | काठमाडौं
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संघीय संसद भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।
साथै भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।