माघ महिनामा ४ हजार २ सय तीर्थयात्रीद्वारा पाथीभराको दर्शन

फइल फोटो 

फाल्गुन १, २०८१ | ताप्लेजुङ

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा माघ महिनामा साढे १० लाख भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार माघ महिनामा १० लाख ४० हजार ३ सय रुपैयााँ भेटी सङ्कलन भएको हो ।

सो क्षेत्रमा केबलकार निर्माणको विषयमा विवाद सतहमा आएपनि पाथीभरामा ४२ सय तीर्थयात्री पुगेको समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार ४ हजार २ सय ४९ तीर्थयात्री पाथीभरामा दर्शनका लागी पुगेका छन् ।

जसमा अधिकांश ताप्लेजुङ जिल्ला बाहिरका छन् । गत माघ १५ देखि २२ गतेसम्म ताप्लेजुङ प्रवेशगर्ने मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द भएको थियो । बन्दका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले तीर्थयात्रीको उद्वार गरेर गन्तव्यमा पु¥याएका थिए । पाथीभरामा वार्षिक तीन लाखको हाराहारीमा तीर्थयात्री जाने गरेको समितिको भनाई छ ।  


प्रतिक्रिया