कान्तिपुरकर्मी बडूलाई गोतामे पत्रकारिता स्वर्ण पदक

फाल्गुन ३, २०८१ | पर्सा

कान्तिपुरका दार्चुला संवाददाता मनोज बडू गोतामे पत्रकारिता स्वर्णपदकबाट सम्मानित भएका छन् । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले शुक्रबार आयोजित एक कार्यक्रमबीच पत्रकार बडुलाई सम्मानित गरेको हो । 

प्रतिष्ठानले मोफसलमा सक्रिय पत्रकारिता गर्दै आइरहेका एक पत्रकारलाई बर्सेनि एक तोला सुनको स्वर्णपदक सहित सम्मान गर्दै आएको छ । संविधानसभा सदस्य अनिलकुमार रुङटा र प्रतिष्ठानका अध्यक्ष जगदीश प्रसाद शर्माले एक कार्यक्रमबीच पदक वितरण गर्नु भएको हो । 

संविधान सभाका सदस्य रुङटाले पत्रकारितालाई स्वच्छ र पारदर्शी बताउँदै लैजानुपर्ने बताउनभयो । वरिष्ठ पत्रकार चन्द्र किशोरले स्वर्गीय पत्रकार गौतमले राष्ट्र र समाजप्रति निष्ठावान पत्रकारिता गर्दै आइरहेको स्मरण गर्नुभयो । 

प्रतिष्ठानका अध्यक्ष शर्माले काठमाडौं बाहिर बसेर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आइरहेका सक्रिय पत्रकारलाई स्वर्ण पदक वितरण गर्दै आइरहेको जानकारी दिनुभयो । पत्रकार बडू १२ वर्षदेखि दार्चुलामा कार्यरत छन् । सीमा सम्बन्धी रिपोर्टिङमा उनको विशेष दखल रहेको छ ।


प्रतिक्रिया