बर्दियामा भाले हात्ती मृत फेला

फाल्गुन ३, २०८१ | बर्दिया
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ खैलारको मसुरो बारीमा शनिबार बिहान एक वयस्क भाले हात्ती मृत फेला परेको छ ।
करीब ३५ वर्षको सो हात्तीको प्राकृतिक कारणले मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । पोष्टमार्टम रिर्पोट आएपछि थप जानकारी आउने निकुञ्जका प्रमुख अशोक रामले बताउनुभयो ।
केही समययता सो हात्तीले आसपासका गाउँ बस्तीमा पसेर कच्ची घर र अन्नबाली क्षति गर्दै आएको थियो ।
घटनास्थलमा निकुञ्जका वन्यजन्तु चिकित्सक, अनुसन्धान अधिकृत खटिएका छन् । सो हात्ती बर्दिया निकुञ्जको सिमानादेखि करीब ५ किलोमिरट दक्षिणी क्षेत्रमा मृत भेटिएको हो ।