पाथिभरा केबलबार विवादः विरोधमा रहेको समूह र प्रहरीबीच झडप, १२ जना घाइते

फाल्गुन ८, २०८१ | ताप्लेजुङ
ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माण गर्न नहुने माग गर्दै आएको समूह र प्रहरीबीच आज झडप हुँदा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहको पदयात्रा केबलकार निर्माणस्थलतर्फ जाँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै विरोध भइरहेको छ । केबलकार निर्माणको विरोधमा आयोजित पदयात्रामा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, पूर्वमन्त्री रकम चेम्जोङ, पहिचानवादी नेता खगेन्द्र माखिम लगायत सहभागी भएका थिए ।