गठबन्धनको राजनीतिले आफ्नो पार्टीलाई घाटा भएको अध्यक्ष दाहालको भनाई

फाल्गुन १३, २०८१
माओवादी अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको राजनीतिले आफ्नो पार्टीलाई घाटा भएको बताउनुभएको छ । पार्टीको तराई मधेश जागरण अभियानअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारीसभा तथा दोस्रो गाउँ सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले आगामी चुनावमा गठबन्धन राजनीतिको भूल नदोहो¥याउने बताउनुभयो ।
उहाँले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउँदै गरेको समेत दाबी गर्नुभयो । माओवादी फेरि आफ्नो वर्ग र समुदायमा फर्कने निर्णयले जनतामा नयाँ उत्साह ल्याएको अध्यक्ष दाहालले बताउनुभयो ।