डिजिटल अपराध सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने

फाल्गुन १३, २०८१

डिजिटल माध्यमबाट हुने अपराधको अनुसन्धान, अभियोजन र नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यसहित काठमाडौंमा आगामी विहिवारदेखि डिजिटल अपराध सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । 

महान्यायाधिवक्ता कार्यालयको आयोजनामा फागुन १५ र १६ गते काठमाडौँमा हुने सम्मेलनमा विभिन्न १३ देशका सरकारी वकिल, कानुनविद् र न्याय सम्पादनसँग सम्बन्धित निकायका उच्च अधिकारीहरूको सहभागिता रहनेछ । 

सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता रमेश बडालले डिजिटल माध्यम दुरुपयोग गरी यौनजन्य हिंसा र वित्तीय अपराधका घटना नियन्त्रणका लागि विभिन्न देशले चालेको कदमबारे बहस हुने जानकारी दिनुभयो । डिजिटल अपराध नियन्त्रणका लागि कानूनी अभाव र जटिलताले गर्दा अभियोजन भएका मुद्दाहरूमा सफलता दर कम भएको उहाँको भनाइ छ । 


प्रतिक्रिया