ताप्लेजुङमा फाल्गुन ११ गते विहानदेखिको निषेधाज्ञा हट्यो

फाल्गुन १३, २०८१

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माद्वारा फाल्गुन ११ गतेदेखि जारी निषेधाज्ञा हटेको छ । आज राती ११ बजेबाट लागु हुनेगरी हटाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

जिल्ला सुरक्षा समितिको फाल्गुन १३ गते वसेको वैठकको सिफारिस वमोजिम हटाइएको सूचनामा जनाइएको छ । प्रमुख जिल्ला अधिकारीले सदरमुकाम फुङलिङ र पाथीभराको काफ्लेपाटी क्षेत्रमा निषेध आदेश जारी गरेका थिए । दुवै तर्फको हटाइएको उल्लेख गरिएको छ ।

पाथीभरा क्षेत्रमा निर्माणाधिन केबलकारको विषयमा फाल्गुन ८ गतेदेखि केबलकार निर्माणको विरोधमा उत्रिएका समूह र प्रहरीबिच झडप भएको थियो । सो विषयमा सदरमुकाम फुङलिङमा समेत झडप भएको हो । झडपको क्रममा सुरक्षाकर्मी र आन्दोलनकारी तर्फ २४ जना घाइते भएका थिए । प्रहरीले आन्दोलनकारी तर्फका १७ जनालाई प्रहरीले नियन्त्रण लिएको छ । 


प्रतिक्रिया