राजविराज बजार बन्द

फाल्गुन १८, २०८१ | राजविराज
भिटौरी तथा ब्लक जग्गाधनीहरुले आइतबार बिहानैबाट सप्तरीको राजविराज बजार बन्द गराएका छन् । भिटौरी तथा ब्लक जग्गाको लालपुर्जा माग्दै जग्गाधनीहरुले बिहानैबाट बजार बन्द गराएका हुन् ।
राजविराज नगर स्थापना हुँदाका बेला नगरपालिकाले दिएको जग्गाको रसिदमा भिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको उनीहरुको गुनासो छ । बन्दका कारण बजार सुनसान छ ।
उनीहरु बिहानैबाट राजविराजमा प्रदर्शन गर्दे बजार बन्द गराईरहेका छन् । बन्द आह्वानकर्ताहरुले राजविराजका अन्य समस्या पनि समाधानको माग गरेका छन् ।
राजविराज हटियामा निर्माणाधिन ब्यवसायीक कमप्लेक्स अविलम्ब निर्माण हुनुपर्ने, नयाँ बसपार्क सञ्चालन हुनुपर्ने, नगरका निर्माणाधिन सडकको काम छिटो पूरा गर्नुपर्ने माग उनीहरुको छ ।
यस्तै, सांकेत पार्क निर्माण, राजरंगशालाको स्तरोन्नति, कन्या छात्रावासको निर्माण र राजविराजको सिसिटिभी क्यामेरा प्रकरणका दोषीलाई समेत कारवाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।