पाल्हिनन्दनका अध्यक्षलाई एक वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना फैसला

चैत्र १, २०८१ | परासी
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई लागू औषध मुद्धामा एक वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
जिल्ला अदालत परासीले लागुऔषध मुद्दामा फागुन २१ गते दोषी ठहर गरेकोमा पछिल्लोपटक सो फैसला सुनाएको हो । जिल्ला अदालत परासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्ता सहित दुई जनालाई सजायको फैसला गरेको अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिनुभयो ।
कैद संगै गुप्तालाई क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा आठ हजार जरिवाना दाखिला गर्नुपर्ने फैसलामा उल्लेख छ । गुप्तासंगै लागुऔषधमा मुद्दामा कसुरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवाना भएको छ ।
अध्यक्ष गुप्तासहित पांच जनाविरुद्ध मुद्दा दायर भएको भएपनि जितेन्द्र पासवान र रामा साहलाई अदालतले सफाई दिएको छ । अर्का एक जना भने अझै फरार छन् ।