साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १९, २०८२ | काठमाडौं

माल्दिभ्समा आयोजना हुने साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले धर्बेन्द्र कुँवरको कप्तानीमा अन्तिम २३ सदस्यीय खेलाडी सूची सार्वजनिक गरेको हो । 

सूचीमा अलिक श्रेष्ठ, अनुभव पुरी, भक्त बहादुर परियार, बिजय उराँव, बिज्ञान खड्का, बिनायक थारु, गणेश पुलामी मगर, जोन बिष्ट, निशान राज लावात र पवन पाख्रिन रहेका छन् । 

यस्तै पेम्बा नुर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रञ्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सबिन कुमार लुङ्गेली मगर, सबिन राई, सिद्धान्त खड्का, सुभाष बम, सुजन बस्नेत र सुजन डंगोल पनि टोलीमा परेका छन् । 

 टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ रहेका छन् । माल्दिभ्समा सञ्चालन हुने प्रतियोगितामा नेपाल रहेको समूह ए मा माल्दिभ्स, भुटान र श्रीलङ्का छन् भने समूह बीमा भारत, बंगलादेश, र पाकिस्तान छन् ।   


प्रतिक्रिया