मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालित
फाल्गुन १८, २०८२ | काठमाडौं
देशभरका मतदान केन्द्रमा आजदेखि निर्वाचन गराउने कर्मचारी र सुरक्षाकर्मीहरु परिचालित हुने भएका छन् ।
आज अपराह्नसम्ममा मतदान केन्द्रहरुमा सुरक्षाकर्मीसहितका कर्मचारी परिचालित हुन लागेका हुन् ।
निर्वाचन आयोगले मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न निर्देशन दिइसकेको छ ।
दुर्गम र विकट भेगका मतदान केन्द्रहरुमा भने केही दिनदेखि नै सुरक्षाकर्मीहरु सहितको टोली पुगिसकेको छ ।
यातायातको सुविधा पुगेको ठाउँमा आजदेखि कर्मचारीहरु केन्द्र पुग्न लागेका हुन् ।










