सगरमाथा संवाद कार्यक्रमलाई विशेष बनाउन प्रधानमन्त्री ओलीको आग्रह

चैत्र ६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै क्षेत्रको सहयोग र सहभागिता लिइ सगरमाथा संवाद कार्यक्रमलाई विशेष बनाउन आग्रह गर्नुभएको छ । संवादका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा आज बसेको निर्देशक समितिको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले व्यवस्थित रुपमा तयारी गर्न सम्वन्धित निकायलाई आग्रह गर्नुभएको हो ।
आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने तय भएको सगरमाथा संवादको समग्र व्यवस्थापन, रुपरेखा, विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखसहित अतिथिहरुको निमन्त्रणा, विज्ञहरुको सहभागिता, सद्भावना दूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्यलगायत विषयमा बैठकमा छलफल भएको छ । संवाद कार्यक्रमका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ ।