पाथिभरा केबलकार विवादः पक्राउ परेका १८ जना धरौटीमा रिहा

चैत्र ७, २०८१ | ताप्लेजुङ
ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेका समूह र सुरक्षाकर्मीबीच झडप हुँदा पक्राउ परेका १८ जना धरौटीमा छुटेका छन् ।
गत फागुन १० गते भएको झडप पछि पक्राउ परेका उनीहरु धरौटी बुझाएर रिहा भएका हुन् । जिल्ला अदालतका न्यायाधिस विकास श्रेष्ठको इजलासले जनही २० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
उनीहरुमाथि हुलदंगा गरेको अभियोग रहेको थियो । रिहा हुनेहरु ताप्लेजुङ,पाँचथर, सुनसरी, झापा लगायतका जिल्लाका छन् ।