दाङको सांग्रिला प्लाई उद्योगमा भीषण आगलागी

चैत्र ११, २०८१ | दाङ

दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । विद्युत सर्ट भएर सोमबार राति १ बजेतिर आगलागी भएको र अझै निभाउन नसकिएको प्रहरीले जानकारी दिएको छ । 

सांग्रिला प्लाई उद्योग जिल्लाकै ठूलो उद्योग हो । आगलागीका कारण प्लाई, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिन लगायत सामग्री जलेर नस्ट भएका छन् । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका छन् । 

आगो निभाउन बाँके र रुपन्देहीबाट समेत दमकल मगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

कपिलवस्तुको शिवराज नगरपालिकाबाट समेत गरी हालसम्म ५ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले बताउनुभयो । आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको र यकिन विवरण आउन बाँकी रहेको डीएसपी शाहले जानकारी दिनुभयो ।


प्रतिक्रिया