दार्चुलामा निर्वाचन प्रहरीको मृत्यु
फाल्गुन २९, २०८२ | दार्चुला
दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । निर्वाचन सम्पन्न गरी प्रमाण पत्र बुझि घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका निर्वाचन प्रहरी प्रकाश धामीको उपचारका क्रममा मृत्यु भएको हो ।
लेकम गाउँपालिका–२ का धामीको भीरबाट लडेर घाइते भएका थिए । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रमामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।










