इनिशाको न्यायका लागि कालीकोटमा प्रर्दशन

फाल्गुन २९, २०८२ | कालीकोट

सुर्खेतकी इनिशा विश्वकर्माको हत्यामा संलग्नमाथि कानुनी कारवाहीको माग गर्दै कालीकोटका अधिकारकर्मीहरुले मान्म बजारमा विरोध प्रर्दशन गरेका छन् । 

हातेमालो सहायता फाउण्डेसन, नेपाल तरुण दल, महिला मानवअकिार रक्षक संजालको अगुवाइमा अधिकारकर्मीसहित स्थानीय युवाहरुले प्रर्दशन गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयललाई ज्ञापन पत्र बुझाएका छन् । 

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुयलले इनिशा हत्याका दोषी पक्राउ परी सकेकोले कानूनअनुसार राज्यले कारवाही गर्ने सुनाउदै ज्ञापन पत्र गृह मन्त्रालय पठाउने प्रतिवद्धता जनाउनुभएको छ ।


प्रतिक्रिया