किशोरी साह कमलको मुद्दा सरेको छ

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २९, २०८२ | काठमाडौं

धनुषा–१ मा उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदवार किशोरी साह कमलको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको पेशीमा परेपछि सरेको छ । न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो । 

न्यायाधीश सुवेदीले यसअघि एकल इजलासबाट सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेका कारण हेर्न नमिल्ने भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताउनुभयो । 

अर्को पेशी पर्सी आइतबारका लागि तोकिएको छ । उनले आफ्नो उम्मेदवारी खारेजविरुद्ध निर्वाचन आयोगलाई विपक्षी बनाएर फागुन १९ गते दायर गरेको रिटमा आजका सुनुवाइका लागि पेशी तोकिएको थियो । 

यसअघि फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले सो मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो । यस्तै हिजो साहले नै कर्जा सूचना केन्द्रलगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै सबै मुद्दा साथै राखेर सुनुवाइ गर्न आदेश गरेको थियो ।


प्रतिक्रिया