मधेश कृषि विश्वविद्यालयका प्राध्यापक र कर्मचारी फेरी आन्दोलित

चैत्र १७, २०८१ | काठमाडौं

सप्तरीको राजविराजस्थित मधेश कृषि  विश्वविद्यालयका प्राध्यापक र कर्मचारी फेरी आन्दोलित भएका छन् । 

गत भदौ महिनादेखी तलब नपाउँदा घरपरिवार चलाउनै समस्या भएको भन्दै प्राध्यापक तथा कर्मचारीहरुले आजदेखी पेन डाउन गर्दे आन्दोलन सुरु गरेका हुन् । प्राध्यापक तथा कर्मचारीको पेन डाउनका कारण विश्वविद्यालयको पढाई समेत प्रभावित हुने भएको छ ।

 यसअघि गत फागुन १ गते प्राध्यापक तथा कर्मचारीहरुले तलब नपाएको भन्दै विश्वविद्यालयको प्रशासनिक भवनमा ताला लगाएका थिए । विश्वविद्यालयका कुलपति समेत रहेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको समेत उपस्थितीमा जिल्ला समन्वय समिती सप्तरीमा भएको सर्वपक्षिय भेलावाट कर्मचारीलाई तलब दिन आवश्यक प्रक्रिया अपनाउने निर्णय भएपछि फागुन १० गते ताला खोलिएको थियो । 

फागुन २० मा भएको विश्वविद्यालय सभा बैठकमा बहुमतबाट उपकुलपति डा. बैद्यनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई पदमुक्त गर्ने निर्णय गरेपछि विश्वविद्यालयको विवाद फेरी चर्किएको थियो । 


प्रतिक्रिया