मध्यबिन्दु १० को वनमा लागेको आगो अझै नियन्त्रणमा आएन

चैत्र १७, २०८१ | नवलपुर

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर १० को चक्ला वन क्षेत्रमा तीन देखि लागेको डढेलो नियन्त्रणमा आएको छैन् । 

करिव २ सय हेक्टरमा फैलिएको डढेलो नियन्त्रणको प्रयास भएपनि सुख्खा मौसम र हावा लागेको कारण नियन्त्रणमा आउन नसकेको हो ।

 डढेलो फैलिन नदिन ‘फायर लाइन’ बनाएर डढेलो नियन्त्रणको प्रयास भैरहेको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शिशिर लम्सालले बताउनुभयो । यसैगरी मध्यबिन्दु नगरपालिकाको मैनाघाट र खयरसाल सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा पनि डढेलो लागेको छ ।

 डढेलो नियन्त्रणका लागि स्थानीय, सामुदायिक वन उपभोक्ता र वन कार्यालयको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । जिल्लाका १० स्थानका वन क्षेत्रमा डढेलो लागेको र ६ स्थानमा नियन्त्रणमा आएपनि चार स्थानमा अझै डढेलो लागिरहेको छ । 


प्रतिक्रिया