आगलागी हुँदा ९ परिवारको २६ घर टहरा जलेर नष्ट

चैत्र १८, २०८१

सुनसरीको हरिनगर गाउँपालिका–५ स्थित वसन्तपुरमा आगलागी हुँदा ९ घर परिवारको २६ वटा घर टहरा जलेर नष्ट भएको छ । आज दिउसो स्थानीय सबिर मियाँको भन्सा कोठाबाट सल्केको आगोले २६ घर टहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरिक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । 

आगो थप फैलिन नदिन ३ वटा घर टहरा भत्काइएको खतिवडाले बताउनुभयो । सुनसरीको इनरुवा, हरिनगर, दुहबी र इटहरीबाट पुगेको दमकलको सहयोगमा आगलागी साढे १ घण्टामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षती नभएपनि पिडित परिवारको घरको लत्ताकपडा, नगद, गरगहना र खाद्यान्न पुर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट बिचल्लीमा परेका परिवारलाई हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले तत्कालको लागि चाहिने आधारभूत राहत उपलब्ध गराएको बताइएको छ । 


प्रतिक्रिया