बर्दियामा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

वैशाख १५, २०८२ | बर्दिया

बर्दियामा चितुवाको आमक्रमणबाट सोमबार बिहान एक बालिकाको मृत्यु भएको छ । चितुवाको आमक्रमणबाट गेरुवा गाउँपालिका–६ निवासी ९ वर्षीया मेलिना खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गुलरिया नगरपालिका–८ डम्पिंग साइडस्थित सर्यु सामुदायिक वनमा घाँस दाउरा लिन जाने क्रममा उनलाई चितुवाले आक्रमण गरेको हो । 

चितुवाको आक्रमणबाट घाइते बालिकाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । खड्का केही दिन अघि काकीको घर आएकी थिइन् । 

बर्दियामा गत मंसिर यता चितुवाको आक्रमणमा परि तीन जनाको ज्यान गईसकेको छ । 


प्रतिक्रिया