पठनपाठन सञ्चालन गर्न विद्यालय व्यवस्थापन समिति पदाधिकारीको माग

वैशाख १५, २०८२ | धनकुटा

शैक्षिक आन्दोलनका कारण पठनपाठन ठप्प रहेको भन्दै धनकुटाको महालक्ष्मी नगरपालिका भित्रका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले नियमित विद्यालय सञ्चालन गर्न माग गरेको छन् । महालक्ष्मी नगरपालिका भित्रका पन्ध्र विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बैशाख १६ गते मंगलबारदेखि विद्यालय खुलाउन माग गरेका हुन् । 

अभिभावकहरु आफ्ना बालबच्चाको पढाई प्रति अति नै चिन्तित र संवेदनशिल रहेको जनाउ“दै मंगलबारदेखि विद्यार्थी तथा शिक्षक उपस्थित भई शैक्षिक गतिविधि सञ्चालन गराई विद्यार्थीहरुको लेखपढ गर्ने अधिकार सुनिश्चित गर्न आव्हान गरिएको छ ।


गत चैत २० देखिको शिक्षक महासंघको आयोजनामा विद्यालय शिक्षा ऐन, निर्माण तथा शिक्षकका विभिन्न माग सहित काठमाडौं केन्द्रीय आन्दोलनका कारण शैक्षिक क्रियाकलाप ठप्प छ । आन्दोलन प्रति अभिभावकको ऐक्यवद्धता रहेको भन्दै हालसम्म यस आन्दोलनको समाधानको तत्काल निकास नदेखिएकोले पठनपाठन सञ्चालन गर्दै आन्दोलनका गतिविधि अघि बढाउन विज्ञप्तिमा उल्लेख गरिएको छ । 

नगर भित्रका प्रति विद्यालयका एक जनाका दरले मात्र शिक्षकहरु आन्दोलनमा सहभागी हुन समेत भनिएको छ । लामो समयदेखि पठनपाठन ठप्प रहेकोले आफुहरु चिन्तित बनेको महालक्ष्मी नगरपालिका ७ स्थित जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज लुङ्गेलीले बताउनुभयो । 


प्रतिक्रिया