लेकम गाउँपालिकाका शिक्षा अधिकृत ओझाको मृत्यु

वैशाख २३, २०८२ | दार्चुला

दार्चुलाको लेकम गाउँपालिकाको शिक्षा शाखा प्रमुख केशवराज ओझाको मृत्यु भएको छ । रिठाचौपाताबाट घर फर्कने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका ओझाको सोमबार मृत्यु भएको छ । 

गाउँपालिकाको शैक्षिक कार्यक्रम सकाएर मोटरसाइकलमा घर फर्कने क्रममा सोमबार बेलुका लेकम–४ गोदालीमा दुर्घटनामा परी उहाँ गम्भीर घाइते हुनु भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय रिठाचौपातका अनुसार गोदालीमा माथिबाट खसेको ढुङ्गा लागेर ओझाको पिठ्युमा चोट लागेको थियो । घाइते ओझालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि गोकुलेश्वर अस्पताल लगिएको थियो । 

अस्पताल पुर्‍याएसँगै चिकित्सकले ओझालाई मृत घोषणा गरेको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो ।


प्रतिक्रिया