सडक भासिएर महेन्द्रराजमार्ग अवरुद्ध

जेष्ठ १०, २०८२ | नवलपरासी
नवलपरासी पूर्वको दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएर महेन्द्रराजमार्ग अवरुद्ध भएको छ । गएराति ११ बजेतिर खुर्सानी खोला नजिकको सडक भासिएकाले महेन्द्रराजमार्ग अवरुद्ध बर्दघाटस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
फिल्डमा खटिएका ट्राफिक प्रहरीका सई तीर्थ भुसालका अनुसार सडक ३० मिटर तल भासिएकोले राजमार्ग दुवैतर्फ अवरुद्ध भएको हो । सो स्थानमा सडक निर्माण गर्न बनाइएको डाइभर्सन समेत बाढीले बगाएको छ ।
अहिले सो स्थानमा भित्तो तासेर सडक निर्माण नभएसम्म दाउन्ने खण्डमा यातायात सञ्चालन हुने अवस्था छैन । राति ११ बजेबाट पूर्व पश्चिम हिँडेका सैयौं गाडी बर्दघाट र दुम्कीवासमा रोकिएका छन् ।