दाउन्नेमा एकतर्फी यातायात सञ्चालन

जेष्ठ १०, २०८२ | नवलपरासी

नवलपरासी पूर्वको दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएर अवरुद्ध भएको महेन्द्रराजमार्ग एकतर्फी सञ्चानमा आएको छ । 

गएराति सडक भासिएर अवरुद्ध रहेको राजमार्ग अहिले केहीबेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको हो । गएराति ११ बजेतिर खुर्सानी खोला नजिकको सडक भासिएकाले महेन्द्रराजमार्ग अवरुद्ध थियो । 

भासिएको स्थानमा वैकल्पिक अस्थायी सडक निर्माण गरेर सडक सञ्चालन गरिएको ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक तीर्थ भुसालले बताउनुभयो । 

बिहान पौने १० बजदेखि यातायात आवागमन सुरु भएको छ । त्यहाँ गएराति ११ बजे खुर्सानी खोला नजिकमा सडक ३० मिटर तल खसेका कारण राजमार्ग दुवैतर्फ अवरुद्ध भएको थियो ।


प्रतिक्रिया