कावासोतीमा रोकिराखेको ट्रकमा आगलागी

जेष्ठ १९, २०८२ | नवलपरासी

महेन्द्र राजमार्ग अन्तर्गत कावासोतीमा सोमबार एक ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीको थकालीचोक नजिक कालिगण्डकी अस्पताल अगाडि रोकिरहेको ट्रकमा आगलागी भएको हो ।

ट्रकको अगाडिको भाग जलेको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगले आगलागी भएको केही बेरमै निभाइएको थियो ।

सोमबार बिहान ०५३७ नम्बरको ट्रकको अघिल्लो भागमा आगलागी भएको हो । इन्जिन तातेर आफैं आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ । 


प्रतिक्रिया