रेशम चौधरीद्वारा सर्वोच्चका शाखा अधिकृत विष्टविरुद्ध उच्च अदालत पाटनमा रिट दायर

जेष्ठ १९, २०८२ | काठमाडौं
आफूलाई षड्यन्त्रपूर्वक थुनामा पु¥याएको भन्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम त्रुटिपूर्ण आदेश बदर गरी प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाऊँ भन्ने चौधरीको माग छ ।
सीके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी एकीकरण कार्यक्रममा सहभागी हुन कमलादीस्थित प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई वैशाख १७ गते पक्राउ गरी डिल्लीबजार कारागार पु¥याइएको थियो ।
आफैले मनोमानी ढंगले अदालतबाट कीर्ते पत्र बनाई विष्टले प्रहरीमार्फत चौधरीलाई पक्राउ गराएका थिए । विष्टको पत्र किर्ते रहेको खुलेपछि चौधरी पाँच घण्टापछि रिहा भएका थिए । शाखा अधिकृत विष्ट भने हिरासत पुगेका थिए । विष्ट जेठ ५ मा एक लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।