विद्यार्थी संगठनको अराजकताका कारण त्रिविको साख गिरेको हो?
जेष्ठ २१, २०८२
त्रिभुवन विश्वविद्यालयको भीसी, रेक्टर र रजिष्टारको कार्यकक्षमा तालाबन्दी हुुनुु नियमित जस्तै भइसकेको छ । यही जेठ १४ गते विद्यार्थी संगठनका कार्यकर्ताले उपकुलपति प्रा. खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् । शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा तालाबन्दी गरेका छन् । त्रिविका अधिकारीले कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका कार्यकर्ताले तालाबन्दी गरेको बताए पनि नेविसंघले भने अस्विकार गरेको छ । नेविसंघका केन्द्रीय सदस्य एवम् त्रिविका स्ववियुु सभापति दिपक जोशी सो घटनाप्रति स्ववियुले निन्दा गरीसकेको र कतै तोडफोड नगर्ने , तालावन्दी नगर्ने सहमति गरीसकेको बताउँछन् ।
त्रिविले केही दिनअघि विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्ति तथा समूूहका नाममा विश्वविद्यालयको पदाधिकारी, प्राध्यापक तथा कर्मचारीलाई विभिन्न बहानामा धम्की दिने र विश्वविद्यालयको सम्पत्ति तोडफोड गर्ने कार्यले त्रिविको गुुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्मेवारी प्रभावकारी रुपमा पूुरा गर्न नसकेको जनाएको छ । यसले त्रिविको साख गिरेको पनि विज्ञप्तिमा उल्लेख छ । यस्तै वार्षिक क्यालेण्डर अनुुसार विभिन्न अध्ययन संस्थान तथा संकायतर्फका स्नातक तथा स्नातकोत्तर तह प्रथम वर्षको भर्नाका सूचना प्रकाशन गरेर पाठ्यक्रम अनुुसार पठनपाठन सम्पन्न हुुने क्रममा रहेको पनि विज्ञप्तिमा जनाइएको छ । विभिन्न संकायका डीनको कार्यालयबाट परीक्षा फारमको सूचना समेत प्रकाशित भइ परीक्षा फारम भर्ने काम भइरहेको त्रिविले जनाएको छ । यस्तो स्थितिमा विश्वविद्यालयका केन्द्रीय पदाधिकारीलाई भौतिक रुपमा नै आक्रमण गर्ने गरी फोन मार्फत धम्की दिने, सामाजिक सञ्जालको प्रयोग गरी पदाधिकारीको चरित्र हत्या जस्ता कार्यले प्रशासनिक काममा दख्खल पुुगेको त्रिविले जनाएको छ । त्रिविका प्रवक्ता यमन सिंह बोहोरा यस्ता कर्याले त्रिविको प्रशासनिक काम प्रभावित बनेको बताउँछन् ।
स्वतन्त्र विद्यार्थी युुनियनको नाममा आधिकारिक हस्ताक्षर बिना नै स्नातक तह पहिलो वर्षको भर्ना खोल्नुु पर्ने आशयको विज्ञप्ति जारी भएको पाइएको छ । उपकुलपति प्रा. खड्ग केसीको कार्यकक्षमा तोडफोड, शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा तालाबन्दी गरेकै दिन १४ गते विज्ञप्ति जारी भएको पाइए पनि स्ववियुुले भने यसको जिम्मा लिन मानेको छैन । त्रिविका स्ववियुु सभापति जोशी भर्नाका विषयमा त्रिवि पदाधिकारीसँग मिटिङ बसीसकेको र निजी क्याम्पसबाट लिइएको भर्ना जस्ता कार्यको विरोध गर्ने जनाए पनि बेवास्ता गरेको बताए । त्रिविले निजीकरणलाई बल पुग्ने गरी निर्णय गरेपछि विज्ञप्ति जारी गरेरै विरोध जनाएको उनको भनाइ छ ।
त्रिविको उपकुुलपतिको कार्यकक्षमा तालबन्दी, शिक्षाध्यक्षको कार्यकक्षमा तोडफोड हुुनुु कुुनै नौलो रहेन । विद्यार्थी संगठनका नाममा धम्की आउनुु, प्रशासनिक काममा नै बाधा अड्चन सिर्जना गर्दा ती संगठनको साख र प्रतिष्ठामा समेत ह्रास हुँदै गएको छ । जुुनसुुकै पार्टी निकट संगठनका व्यीक्तले स्ववियुुको नेतत्व सम्हाले पनि विद्यार्थीको समस्या र शैक्षिक गुुणस्तरमा ध्यान जानुुपर्ने त्यसो हुन सकेका छैनन । शिक्षा क्षेत्रका जानकार प्राध्यापक डा बालचन्द्र लुुईटेल विद्यार्थी संगठनहरु अराजक बन्दै गएको बताउँछन् । बाहुबली संगठन भन्दा वैचारिक हुन सके मात्र विद्यार्थी संगठनको महत्व हुने उनको भनाइ छ । विद्यार्थी संगठनको आधिकारिक व्यक्तिले भइरहेको कामका बारेमा जिम्मेवारी नलिंदा अराजकता बढेको उनको भनाइ छ । विश्वविद्यालयको मानकमा सबै बनस्दा विद्यार्थी संगठन उछृङखल बनेको पनि उनी बताउँछन् ।
नेविसंघले केही विद्यार्थी भर्ना हुन नपाएको भन्दै अहिले परीक्षा नजिकिँदै गर्दा फेरि भर्ना खोल्न माग गरिरहेको छ । त्रिविका पदाधिकारीहरूले नियमअनुसार मात्रै काम गर्ने अडान लिएपछि नेविसंघका कार्यकर्ताले दबाब दिन तोडफोड र तालाबन्दी गरेको त्रिविकै अधिकारीको भनाइ छ । यो त पछिल्लो उदाहरण मात्र हो, केही वर्षको घटना हेर्ने हो भने विद्यार्थी संगठनहरू पढाइ, विद्यार्थीको समस्या र शैक्षिक गुुणस्तर भन्दा पनि संगठन विस्तारमा बढी ध्यान दिइरहेको पाइन्छ । विश्वविद्यालयमा भर्ना र परीक्षा जस्ता काम नियमअनुसार हुनुपर्ने हो, यसमा विद्यार्थी संगठन कसैको पनि दबाब र धम्कीमार्फत हस्तक्षेप हुुनुुहुुँदैन । यदि विश्वविद्यालय क्यालेण्डर अनुुसार चल्न नसकेको भए सही ट्याकमा ल्याउन स्ववियुुले पहल गर्नुु पर्छ । शिक्षा सुधार, विद्यार्थीको सहभागिता लगायत जायज मागका लागि शान्तिपूर्ण तरीका र नियमअनुसार अग्रसर हुुँदा मात्रै त्रिविकोे साख उठाउन सकिन्छ ।