पहिरोले गएरातिदेखि राप्ती राजमार्ग अबरुद्ध

असार ८, २०८२ | सल्यान
पहिरोले राप्ती राजमार्ग गएरातिदेखि अबरुद्ध भएको छ । अविरल वर्षापछि कपुरकोट गाउँपालिका–३ चोरखोलामा पहिरो खसेर राजमार्ग गएराति ९ बजेदेखि अबरुद्ध भएको हो ।
राजमार्ग अबरुद्ध हुँदा यातायातका साधन सडकमै रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले बताउनुभयो । कपुरकोटबाट साततले निस्कने वैकल्पिक मार्ग समेत वर्षाका कारण अवरुद्ध भएको छ ।
अहिले सडकमा खसेको पहिलो हटाउने काम भईरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो हटाउँदै गर्दा माथिबाट ढुंगा खस्ने क्रम नरोकिएकोले अबरुद्ध सडक खुलाउन समस्या भएको छ । वर्षाका कारण चोरखोलमा दैनिकजसो पहिरो जाँदा यात्रुलाई सास्ती हुने गरेको छ ।