ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

असार १०, २०८२
वैदेशिक रोजगारीमा आकर्षक तलवको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको वारपाक सुलिकोट गाउँपालिका–४ घर भएका २९ वर्षीय राजेश बराम छन् ।
राजेशले ग्रिस पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३७ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।