विपद् व्यवस्थापनमा संचारक्षेत्रको भूमिका महत्वपूर्ण हुन्छः गृहमन्त्री लेखक

असार १०, २०८२
गृहमन्त्री रमेश लेखकले विपद् सम्बन्धी उपयुक्त सूचना सम्प्रेषण भएमा सर्तकता अपनाउन मद्दत गर्ने बताउनुभएको छ । बिपद् पत्रकारिता सञ्जालको आयोजना र सञ्चार तथा सुचना प्रविधी मन्त्रालयको सहकार्यमा विपद व्यवस्थापनमा पत्रकारको भूमिका” विषयक एक दिने प्रशिक्षण कार्यक्रममा गृहमन्त्री लेखकले विपद् व्यवस्थापनमा संचारक्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
सीमित स्रोतसाधनका बाबजुद सरकार प्रतिकार्यका लागि प्रतिबद्ध रहेको उहाँको भनाई थियो । त्यस्तै, कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले सहि सूचना दिएमा धेरै जनधनको क्षति हुनबाट जोगिने बताउनुभयो । यसैबीच, विपद व्यवस्थापनमा पत्रकारको भूमिका विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले मनुसन प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण भई कार्यान्वयनका लागि सबै सरोकारवाला निकायमा पठाइएको बताउनुभयो । प्रशिक्षण कार्यक्रममा बरिष्ठ पत्रकार रघु मैनाली र पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले विपद्का समयमा पत्रकारले संयम भएर सही सूचना दिनुपर्नेमा जोड दिनुभयो ।