सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

असार १५, २०८२ | सुनसरी
सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चतरा–कान्छी चोकमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दुई जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र अर्का मोटरसाइकल चालक इनरुवा–६ का ५१ वर्षीय बिन्दु यादवको मृत्यु भएको हो । कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकल गएराति आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनापछि घाइतेको उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो । उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मृतक चौधरीको श्रीमती ३२ वर्षीया प्रतीक्षा चौधरी र अर्को मोटरसाइकल पछाडि सवार इटहरी–७ का ३६ वर्षीय रमेश चौधरी घाइते छन् । उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।