त्रिविमा तालाबन्दी खुलेपनि पदाधिकारीहरुलाई प्रवेशमा रोक

असार २२, २०८२
त्रिभुवन विश्वविद्यालयमा एक महिना भन्दा लामो तालाबन्दी खुलेपनि पदाधिकारीहरुलाई प्रवेशमा रोक लगाइएको छ । सर्वोच्च अदालतको आदेशपछि आंशिकप्राध्यापक संघ, नेविसंघ र अखिल क्रान्तिकारीले त्रिविमा लगाएको ताला खोलेका थिए । तर माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीले उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई त्रिवि प्रवेशमा रोक लगाइएको भन्दै सूचना जारी गरेको छ ।
अखिल क्रान्तिकारी विश्वविद्यालय समितिले त्रिविले फास्ट ट्रयाकमा प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक भर्ना गर्न लागेको भन्दै आपत्ति जनाएको हो । लिखित परीक्षा समेत नलिई केवल मौखिक परीक्षाबाट स्थायी गरिने प्रक्रिया स्थापित मूल्यमान्यता विपरीत रहेको भन्दै अखिलले विरोध जनाएको छ । त्रिभुवन विश्वविद्यालयमा लगाइएको तालाबन्दी खुलाउन सर्वोच्च अदालतले गत बुधबार अन्तरिम आदेश दिएको थियो ।