तालिवान सरकारलाई मान्यता दिन हतार छैनः पाकिस्तान

असार २२, २०८२
पाकिस्तानले अफगानिस्तानको तालिवान सरकारलाई मान्यता दिन कुनै हतार नभएको र कुनै निर्णय गर्दा देशको स्वार्थलाई प्राथमिकतामा राखेर गर्ने जनाएको छ । रुसले तालिवानको सरकारलाई मान्यता दिएपछि छिमेकी मुलुक पाकिस्तानको यस्तो प्रतिक्रिया आएको हो ।
मस्कोको सो निर्णय कतिपयले तालिवान सरकारलाई अन्ततः क्षेत्रीय रुपमा स्वीकार्ने कदमको रुपमा विश्लेषण गरिरहेका छन् । पाकिस्तानी अधिकारीहरुले भने रुसको सो निर्णयबाट आफूहरुलाई फरक नपर्ने बताएका छन् । अफगानिस्तानमा तालिवान नेतृत्वमा आएदेखि नै रुसले पुन मित्रता गाँस्न खोजेको र त्यहाँ तालिवान सरकार स्वीकार्नु बाहेक अन्य उपाय नभएको पाकिस्तानी अधिकारीको भनाइ छ ।