तुइन चुँडिएर एक जना महाकालीमा बेपत्ता

असार ३१, २०८२
दार्चुलाको दुम्लिङमा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् । ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा स्थानीय २८ वर्षीय नारायण बुढाथोकी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आज मध्याह्न बुढाथोकी दुम्लिङबाट पारि भारतीय बजार जाने क्रममा तुइन चुँडेर नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजीमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् ।