विद्या भण्डारी राजनीतिमा फर्कने विषय एमालेको पोलिटब्यूरो बैठकमा प्रवेश

श्रावण २, २०८२ | काठमाडौं
विधान राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको एमालेले विधान संसोधनका प्रस्तावमाथि छलफल गर्न आज बसेको पोलिटब्यूरो बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने घोषणा गरेको विषयले प्रवेश पाएको छ ।
पूर्व राष्ट्रपति भण्डारीले गरेको निर्णयका विषयमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठकका क्रममा जानकारी गराउनुभएको सो पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
पोलिटब्यूरो बैठकमा ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधानसहितका पारित मस्यौदाको प्रस्तावलाइ पेश गरिएको छ । पोलिटब्यूरो बैठक पुनः भोलि बस्ने गरि सकिएको नेताहरुले बताएका छन् ।