रुकुम पश्चिममा गत मंगलबार टिप्परसँगै नदीमा बेपत्ता भएका तीन जनाको शव फेला

श्रावण १२, २०८२ | काठमाडौं
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित पिपलचौरमा टिप्परसँगै नदीमा खसेर बेपत्ता भएका तीन जनाको शव फेला परेको छ ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिकाका २० वर्षीय हरि विकको शव भेटिएको हो । गत मंगलबार उनीहरु सवार यति बिल्डर्सको टिप्पर भेरी नदीमा खसेको थियो ।
धनबिरको शव हिजो सुर्खेतको वीरेन्द्रनगरस्थित भेरी नदी किनारमा भेटिएसँगै हराएका तीनजनाकै शब भेटिएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको शव भने यसअघि नै भेटिएको थियो ।