बर्दियामा दुई वर्ष यता बाघको आक्रमणमा ५ जनाको मृत्यु

श्रावण १३, २०८२

बर्दियामा विगत दुई वर्ष यता बाघको आक्रमणमा ५ जनाको मृत्यु भएको छ । ती मध्ये बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणमा १ र डिभिजन वन कार्यालय अन्तर्गत ४ जनाको मृत्यु भएको हो ।

आर्थिक वर्ष ०८० =०८१ मा भने बर्दिया निकुञ्ज क्षेत्रमा भने वन्यजन्तुको आक्रमणबाट एक जनाको पनि ज्यान गएको छैन । गत वर्ष पुस २९ गते ठाकुरबाबा नगरपालिका–७ कि ४० वर्षिया पदम कली थापाको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणमा मृत्यु भएको थियो । 

निकुञ्जका सहायक संरक्षण अधिकृत सरोज मणी पौडेलले मध्यवर्ती क्षेत्रका बासिन्दामा आएको जनचेतनाले वन्यजन्तुबाट आक्रमणका घटना न्यून हुदै गएको बताउनुभयो । डिभिजन वन कार्यालय, बर्दियाका व।िष्ठ सहायक वन अधिकृत राम कुमार चौधरीका अनुसार दुई वर्ष यता बाघको आक्रमणमा ४ जनाको ज्यान गएको बताउनुभयो ।

बर्दिया निकुञ्जमा १ सय २५ वटा बाघ रहेको पछिल्लो गणनामा पाइएको छ । 


प्रतिक्रिया