गोलसिमलको निधन

भाद्र २, २०८२ | काठमाडौं
कवि तथा संगितकार प्रेम विनोद नन्दनको निधन भएको छ । लामो समयदेखि उपचाररत नन्दनको गएराति ९० वर्षको उमेरमा चितवन मेकिडल कलेजमा निधन भएको हो ।
उहाँ लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट ग्रसित हुनुहुन्थ्यो । २०११ सालमै ‘झटारो’ गितिसंग्रह प्रकाशन गरेर नेपाली गीत संगित र साहित्य, क्षेत्रमा प्रवेश गर्नुभएका नन्दनका दर्जनौ गीतहरु चर्चित छन् ।
उहाँले लामो समय बागिश्वरी, दोभान, मारुनी, गोधुुलीजस्ता साहित्यिक पत्रिकामा सम्पादक भएर काम गर्नु भएको थियो ।
गीत संगित र साहित्यसँगै उहाँ कलाकार पनि हुनुहुन्थ्यो । १९९२ साल जेठ १९ गते तनहुँको वन्दिपुरमा जन्मनु भएका नन्दनपछि बसाइँ सरेर चितवनको नारायणगढ आउनु भएको थियो ।
उहाँको आजै देवघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।राष्ट्रकवि माधवप्रसाद घिमिरेले नन्दनलाई गोलसिमलको उपनाम दिनु भएको थियो ।