टप इन्ड टी–२० सिरिजः नेपालको पहिलो जित

भाद्र ३, २०८२ | काठमाडौं

नन्दन यादवले घातक बलिङ गरेपछि अस्ट्रेलियामा जारी टप इन्ड टी–२० क्रिकेट सिरिजमा नेपालले पहिलो जित निकालेको छ ।

नेपालले अस्ट्रेलियाको घरेलु क्लब होर्बाट हुुरिकेन्सलाई ६६ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा होर्बाट १६ दशमलव १ ओभरमा अल आउट हुँदै १ सय १४ रनमा समेटियो । होर्बाटलाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि नन्दन यादवले ३ ओभरमा २५ रन खर्चिएर ५ विकेट लिए । 

रोहित पौडेल, रिजन ढकाल, सन्दिप लामिछाने र कुशल भूूर्तेलको नाममा १–१ विकेट रह्यो । टस जितेर ब्याटिङ सुरु गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३, आशिफ शेखले २९ तथा कुशल भूर्तेलले २७ र लोकेश बमले २५ रन बनाए ।

आजको जितसँगै ११ टोली सहभागी सिरिजमा नेपाल ४ खेलबाट २ अंक सहित आठौं स्थानमा उक्लिएको छ । पराजित होबार्ट भने नवौं स्थानमा पुगेको छ । ३ खेलमा ६ अंक सहित सिकागो किङ्ग्स म्यान शीर्ष स्थानमा छ । टी–२० विश्वकप छनोटको अभ्यासका लागि अस्ट्रेलिया गएको नेपाल यसअघि भएका तीन खेलमा पराजित भएको थियो । 


प्रतिक्रिया